को बन्छ करोडपतीमा विराटनगरका राजिव जैनले जिते एक करोड (भिडियो सहित)

काठमाडौं २९ बैशाख / एपि वान टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो को बन्छ करोडपतिमा विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जितेर नयाँ कीर्तिमान बनाएका छन्। यो कीर्तिमान सँगै उनी एक करोड जित्ने पहिलो सहभागी हुन्।

राजीवले शनिबार प्रसारित कार्यक्रममा १३ प्रश्न मिलाएर २५ लाख जितेका थिए। अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा उनले एक करोड जितेका हुन्। शनिबार समय नपुगेको भन्दै प्रस्तोता महानायक राजेश हमालले आजका लागि बाँकी भाग सारेका थिए। शनिबार समय नपुगेर सकिएको यो कार्यक्रमा आइतवार बाँकी २ प्रश्नको उत्तर मिलाउँदै राजीवले एक करोड जितेका हुन् । १४ औँ प्रश्न ५० लाख रूपैयाँको थियो भने १५ औँ प्रश्न एक करोड रूपैयाँको थियो ।

राजीवले २५ लाख रूपैयाँ जित्नुअघि नै तीनवटै लाइफ लाइन सकिएका थिए । उनले बाँकी २ प्रश्न आफैले मिलाएर एक करोड रूपैयाँ जितेका हुन्। महानायक राजेश हमाल प्रस्तोता रहेको यो कार्यक्रममा एक करोड रूपैयाँ जित्ने पनि उनी नै पहिलो सहभागी हुन्।

भिडियो सहित


प्रतिक्रिया दिनुहोस्