अमेरिकी पत्रकारले नेपालमा खिचेको १५ सेकेन्डको भिडियो संसारभर भाईरल

काठमाडौँ, बैशाख । पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल भैरहेको छ । जुन भिडियो एक जना विदेशी पत्रकारले नेपालमा खिचेकी हुन् । प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम गरिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटनले खिचेको १५ सेकेन्डको उक्त भिडियोलाई अहिलेसम्म २ करोड ५५ लाख भन्दा बढीले हेरिसकेका छन् । पत्रकार कम्पटनले ट्विटरमा राखेको उक्त भिडियोलाई ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १ लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन् ।

काठमाडौँको सोह्रखुट्टेमा खिचिएको उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुई खुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ । उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ । कुकुरलाई मालिकले हात दिन्छन् । कुकुर दुई खुट्टामा उभिन्छ । मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन् । ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै । प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन् । मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्।

यो पनि पढ्नुहोस्ः नुहाउने क्रममा महाकाली नदीमा बेपत्ता भएका सहायक लेखापालको शव फेला – महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । शनिबार महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको आज शव फेला परेको हो । परशुराम नगरपालिका–५ परशुरामधामदेखि तीन किलोमिटर टाढा कल्पटेखानमा भारतीय क्षेत्रमा महाकाली किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पालका घरपरिवारले शव उहाँकै भएको पुष्टि गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदीबाट निकालिएको हो । जोगबुडा अस्पतालमा शव परीक्षणपछि परिवारलाई बुझाएको पाण्डेले बताउनुभयो । शनिबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा पाल बेपत्ता भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्