रोनाल्डोले रोमाका कप्तानलाई ‘होचो’ भन्दै जिस्क्याएपछि विवाद, – भिडियोसहित

एजेन्सी / युभेन्टस / पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले प्रतिद्वन्द्वी क्लब रोमाका कप्तानलाई ‘होचो’ भन्दै जिस्क्याएको भिडियो भाइरल बनेको छ ।

सिरी ‘ए’ लिग फुटबलअन्तर्गको खेलमा रोमाका कप्तान एलेस्सान्ड्रो फ्लोरेन्जीलाई रोनाल्डोले ‘होचो’ भन्दै जिस्क्याएका थिए । सिरी ‘ए’को च्याम्पियन टोली युभेन्टस गत आइतबार भएको खेलमा रोमासँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

खलको ५८औं मिनेटमा रोनाल्डो र रोमाका कप्तान फ्लोरेन्जीबीच विवाद उत्पन्न भएको थियो । रोमाका खेलाडी इडेन जेकोलाई घाइते भएका कारण उपचार गरिएको बेलामा दुवैबीच विवाद सुरु भएको थियो ।

त्यस क्रममा रोनाल्डोले फ्लोरेन्जीलाई होचो भन्दै जिस्क्याएका थिए । उनले कप्तान फ्लोरेन्जस्लाई धेरै नबोल्न भन्दै होचो भएको संकेत दिएका थिए । त्यसपछि अवस्था थप जटिल बनेको थियो । र, परिस्थितीलाई नियन्त्रण गर्न आक्रोशित फ्लोरेन्जीलाई उनका खेलाडी साथीले पछाडि तानेका थिए ।

खेल सकिएपछि भने रोनाल्डोले उनीसँग माफी मागेका थिए । पछि दुवैले एक–अर्कासँग हात मिलाउँदै अंकमाल गरे । युभेन्टसले यसअघि नै जारी सिजनको उपाधि आफ्नो बनाइसकेको छ ।

https://youtu.be/wyyBf5oavSQ

प्रतिक्रिया दिनुहोस्