चेल्सीबाट बिदाइको हात हल्लाउनै पर्छ – हजार्ड

एजेन्सी, / चेल्सीका २८ वर्षीय फरवार्ड इडेन हजार्ड स्पेनिस क्लब रियल मड्रिड जानका लागि इंग्लिस क्लब चेल्सीबाट बिदा लिने बताएका हुन् ।

चेल्सीले हाजार्डका लागि १३० मिलियन युरोको माग राखिरहेको छ । हाजार्डसँगको चेल्सीको सम्झौता २०२० मा सकिँदैछ । र, ऊ हाजार्डसँग नयाँ सम्झौताको आशामा रहेको बताइएको छ ।

यस्तैमा हाजार्डले भने आफूले चेल्सी छोड्ने मनस्थिति बनाइसकेको बताएका छन् । उनले इभिनिङ स्टान्डर्ससँगको कुराकानीमा आफूले भविष्यको निर्णय लिइसकेको बताउँदै भनेका छन्, ‘चेल्सीमा प्राप्त उपलब्धिले भविष्यमा कुनै असर हुँदैन । मेरो अर्को सिजनको विषय टुङ्गो लागिसकेको छ ।’

‘मैले निर्णय गरिसकेको छु,’ उनले थपे, मैले त्यसका लागि प्रतीक्षा गरिरहेको छु । सम्भवतः मेरो निर्णयअनुसार मैले चेल्सीबाट बिदाइको हात हल्लाउनै पर्छ । तर, यो कुरा फाइनलपछि मात्रै टुंगो लगाउँछु ।’ चेल्सीले युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको फाइनलमा आर्सनलको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्