यसबर्ष पनि समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने

उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन् । श्रेष्ठले १० जना विद्यार्थीको लागि बर्षभरी आवश्यक पोसाक,कपि कलम,जुत्ता व्याग उपलब्ध गराउदैं आवश्यक शुल्क सबै आफैले तिरिदिने भएका हुन् ।

कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन् । पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीहरुलाई उज्वल भविष्यका लागि आफूले सहयोग गरेको श्रेष्ठले बताए । गतबर्ष पनि आफुले १० जनालाई छात्रबृत्ति दिएको बताउदैैं श्रेष्ठले यस बर्ष पनि निरन्तरता दिइएको जानकारी दिए ।
यसबर्ष केहि विद्यार्थी छात्रबृत्तिका लागि फेरवदल भएको उनको भनाई छ ।

छात्रबृत्ति पाउने विद्यार्थीले छात्रबृत्ति पाए अनुसार प्रगती गर्न सकोस,छात्रबृत्तिको सहि सदुपयोग होस, यसवर्ष उत्कृष्ठ तथा विपन्न परिवारका नानीहरुलाई छनौट गरेका हौ,श्रेष्ठले भने । ‘त्यसबेला घरको अवस्था दयनिय भएकोले हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, अहिले जस्तो जुत्ता लगाउने ब्याग बोक्नु त सपना जस्तै, श्रेष्ठले भने, आज त्यही दिनहरु सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्रवृत्ति उपलब्ध गराएका हुँ ।
व्यवस्थापन समितिको बैठकले आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम छात्रबृत्तिको लागि दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्ने विद्यालयका प्रअ मोहन चापागाईले बताए ।


चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुमा मिलन जिमी,विमल विश्वकर्मा,कुशल लिम्बू,भुमिका खतिवडा,सजना लिम्बू,मनिषा लिम्बू,ओसिन मारापाँचे,सुमित लिम्बू,पूर्णमाया खड्का र अनिशा राई रहेका छन् । उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताएका छन् ।
श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भने,उहाँको सहयोगले आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हटेको मात्र छैन,विद्यालयमा विद्यार्थीहरु पनि थपिदैं गएका छन् । उहाँलाई धन्यवाद दिन चाहन्छौ ।’
प्रअ चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा यसअघि मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गर्नुभएको थियो । ‘हाम्रा पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठको सहयोग विद्यालयको स्तर उन्नतीमा सदैव रहेकोछ, चापागाईले भने । श्रेष्ठले प्रभातका सबै विद्यार्थीको लागि अभिभावकसँग मिलेर ट्याक सुट पनि उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिएका छन्


प्रतिक्रिया दिनुहोस्