बार्सिलोनाले पाँच खेलाडीलाई बिदा गर्दै

एजेन्सी, / स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि ठूलो संख्यामा आफ्ना खेलाडीहरू बेच्ने तयारी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मिडिया ‘द शन’का अनुसार बार्सिलोनाले समर ट्रान्सफरका लागि पाँच खेलाडी बेच्ने तयारी गरेको छ । बार्सिलोनाले इभान राकिटिक, फिलिप्पे काउटिन्हो , माल्कोम , स्यामुल उमटिटि, र नेल्सन सिमिडो सहित अन्य पाँच खेलाडीलाई बिदा गर्ने बताइएको छ ।

उसले यी पाँच खेलाडीलाई बेचेर नयाँ खेलाडीलाई भित्र्याउने छ । च्याम्पियन्स लिगबाट बाहिरिएसँगै अहिले बार्सिलोनामा ‘खैलाबैला’ नै मच्चिएको छ । बार्सिलोनाका प्रमुख प्रशिक्षक अर्नेष्टो भाल्भेर्डेको विषयलाई लिएर पनि विवाद भइरहेको छ ।

बार्सिलोनामा अहिले प्रशिक्षक भाल्भर्डे र जेनेरल म्यानेजर पेप सेगुराबीच ठूलो द्वन्द्व चलिरहेको छ । यसकारण, प्रशिक्षक भाल्भर्डेको पनि भविष्य संकटमा छ ।


प्रतिक्रिया दिनुहोस्