मेस्सीको प्रशिक्षण हेर्न आतुर छु, – डे जोङ

एजेन्सी, / डच/ आयाक्सका खेलाडी फ्रेन्की डे जोङले आफू जाने नयाँ क्लब स्टार खेलाडी लिओनल मेस्सीको प्रशिक्षण हेर्न निकै आतुर रहेको बताएका छन् ।

बार्सिलोनाले गत जनवरीमै २२ वर्षीय यी खेलाडीलाई अनुबन्ध गरिसकेको छ । उनी यो सिजन अन्त्य भएसँगै आपैचारिक रूपमै बार्सिलोनाका खेलाडी बन्नेछन् ।

अघिल्लो दिन लिग च्याम्यिन बनेपछि मिडियासँग बोल्दै डे जोङले आफू जाने नयाँ क्लबका कप्तानसमेत रहेका स्टार खेलाडी मेस्सीबारे बोले । उनले रोचक तरिकाले आफू मेस्सीको प्रशिक्षण हेर्न आतुर रहेको बताए ।

‘म मेस्सीले प्रशिक्षण गरेको हेर्न निकै आतुर छु,’ डे जोङले भने, ‘सायद त्यहाँ पुगेपछि म हरेक बल उनलाई मात्रै पास दिनेछु,’ डो जोङले हाँस्दै भने । ‘यहाँको मेरा अन्तिम सिजन निकै सुन्दर रह्यो । अब म नयाँ उत्साहसाथ बार्सिलोना जाँदैछु,’ डे जोङले भने ।

डे जोङले बार्सिलोना विश्वकै उत्कृष्टमध्येको एक क्लब भएको उल्लेख गर्दै आफू नयाँ ऊर्जा लिएर स्पेन पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस्