इंग्ल्यान्डको टोली नेसन्स लिग खेल्ने घोषणा

एजेन्सी, / इंग्ल्यान्डले अर्को महिना हुने युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताका लागि आफ्नो टोली घोषणा गरेको छ ।

टोलीका कोचले आज २७ सदस्यीय टोली घोषणा गरेका हुन् । यस महिनाको अन्तिममा अन्तिम टोली घोषणा हुनेछ । इंग्ल्यान्डले अर्को महिना नेसन्स लिगअन्तर्गत सेमिफाइनलको खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

अर्को खेलमा पोर्चुगल र स्वीट्जरल्यान्ड खेल्दैछन् ।सार्वजनिक इंग्ल्यान्डको टोलीमा हाल चोटग्रस्त रहेका नियमित कप्तान ह्यारी केनलाई पनि समावेश गरिएको छ । उनी प्रतियोगितासम्म फिट हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, युवा खेलाडी सान्चो टोलीमा पर्दा चोटग्रस्त खेलाडी लफ्टस चिक भने टोलीमा परेका छैनन् । त्यसैगरी, स्टार खेलाडी डेले अली र जेसे लिंङ्गार्ड पनि टोलीमा परेका छन् ।

इंग्ल्यान्डले जुन ६ तारिखमा आफ्नो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसअघि पार्चुगल र स्वीट्जरल्यान्डको खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्