नेपाली बक्सिङ टोली भारत प्रस्थान


काठमाडौं / नेपाली टोली शुक्रबार दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन गुवाहटीतर्फ प्रस्थान गरेका छन् ।


मे १९ देखि भारतको गुवाहटीमा २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफ क्लबकी माला राई, ५४ केजीमा आर्मी क्लबकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगिता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले प्रतिस्पर्धामा गर्नेछन् । पहिलो संस्करमा महिलातर्फ आर्मीका बिमला श्रेष्ठ र पुनम रावलले कांस्य जितेका थिए

यसैगरी पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजवहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बु ईजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका विकास लामा र ९१ केजी माथिको तौल समूहमा आर्मीका आशिस दवाडीले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिषवहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । व्यवस्थापकमा टर्कराज राई छन् ।


प्रतिक्रिया दिनुहोस्