ब्राजिलको टोलीमा नपरेका ८ स्टार खेलाडी

एजेन्सी / ब्राजिलका प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् ।

१२ वर्षपछि उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले यसक्रममा रियल म्याड्रिडका २ सहित ८ स्टार खेलाडीलाई टोलीमा समावेश गरेको छैन ।

सन् २०१६ को संस्करणमा समूह चरणबाट नै बाहिरिएको टोलीले नवौं पटक उपाधि जित्ने लक्ष्य राखेको छ । ब्राजिलमा नै आयोजना हुने प्रतियोगिताको समूह चरणमा घरेलु टोलीले बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्दैछ ।

ब्राजिललले टिटेको नियुक्तियता जम्मा २ खेल हारेको छ । त्यसमध्य एउटा रुस विश्वकप २०१८ मा बेल्जियमविरुद्धको हार पनि हो । त्यसयता ८ खेलमा अपराजित रहेको ब्राजिलले ७ खेल जित्दै आफूलाई प्रतियोगिताको दावेदारको रुपमा उभ्याएको छ ।

ब्राजिलको टोलीमा पर्न नसकेका ८ स्टार खेलाडी स्
मार्सेलो रियल म्याड्रिड, डिफेन्डर
लुकास मोउरा टोटेनहम, मिडफिल्डर
फाबिन्हो लिभरपुल, मिडफिल्डर
भिनीसियास जुनियर रियल म्याड्रिड, मिडफिल्डर
डग्लस कोस्टा युभेन्टस, मिडफिल्डर
विलियन चेल्सी, मिडफिल्डर
फ्रेड म्यानचेस्टर युनाइटेड, मिडफिल्डर
डेविड लुइज चेल्सी, डिफेन्डर

ब्राजिलको अन्तिम टोली स
गोलरक्षक – एलिसन, क्यासिओ, एडरसन
डिफेन्डर- एलेक्स स्यान्ड्रो, ड्यानीएल आल्भेस, एडार मिलिसाओ, फाग्नर, फिलिपे लुइस, मार्किन्होस, मिरान्डा, थियागो सिल्भा
मिडफिल्डर- एलन, आर्थर, क्यसेमिरो, फर्नान्डीन्हो, पाकेटा, कोउटिन्हो
फरवार्ड – नेयमार, डेविड नेरेस, रोबर्टो फिर्मिनो, एभरटन, ग्यब्रिएल जेसस, रिचार्लीसन


प्रतिक्रिया दिनुहोस्