ब्राजिलको कप्तान बन्नेमा नेयमार माथि शंका

एजेन्सी / ब्राजिललीयन स्टार नेयमार रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी गरेका थिए । ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन ।

Brazil’s Neymar celebrates after scoring the decisive penalty kick during the final match of the men’s Olympic football tournament between Brazil and Germany at the Maracana stadium in Rio de Janeiro, Brazil, Saturday Aug. 20, 2016. Brazil won the gold medal on a penalty shootout. (AP Photo/Andre Penner)

विश्वकप पछी लगातार खेलमा कप्तान परिवर्तन गर्दै आएका टिटेले नेयमारलाई कप्तानी दिने नदिने विषयमा प्रष्ट पार्न चाहेनन् । ‘नेयमारले गल्ति गरेका छन् । म उनीसंग यस विषयमा छलफल गर्नेछु । यस विषयमा उनको व्यक्तिगत राय बुझेर मात्र मेरो धारणा प्रस्तुत हुनेछ,’ टिटेले भने । विश्वकपका दौरान नेयमारको प्रदर्शनलाई लिएर टिटे खुसी देखिएका थिएनन् ।

नेयमारले भने आफू राष्ट्रिय टोलीको कप्तान बन्ने इच्छा जाहेर गरेका छन् । उनले घरेलु मैदानमा ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउन इच्छुक रहेको बताएका छन् । यद्दपी टिटेले कप्तानीको विषयमा अहिले नै निर्णय दिएका छैनन् । ब्राजिलका दिग्गज खेलाडी जे रोबर्टोले भने नेयमारलाई कप्तान बनाउन नहुने अभिव्यक्ति दिएका छन् ।

टिटेले खेलाडी छनोट गर्ने क्रममा युवा खेलाडीहरुलाई चेतावनी पनि दिएका छन् । उनले नेयमारसहितलाई लक्षित गर्दै प्रतियोगितामा खेल्दा ब्राजिलको टोलीबाट निकै अनुशासन र जिम्मेवारी रहने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्