मेस्सीसँग खेल्न कसैले पनि नाइँ भन्न सक्दैन,

काठमाडौं / एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजम्याले क्लव छाड्ने घोषणा गरिसकेका छन् । उनी अब कुन क्लव जालान् भन्ने विषयमा चर्चा सुरु भएको छ । फ्रान्सका विश्वकप विजेता यी खेलाडी बार्सिलोनामा जाने चर्चा अहिले धेरै छ ।

रेडियो मार्कामा पत्रकार रोबर्टो गोमेजसँगको कुराकानीमा पनि ग्रिजम्यान बार्सिलोना जानु उपयुक्त भएको चर्चा भएको थियो । ‘ग्रिजम्यानले पहिल्यै एथ्लेटिकोलाई भनेका छन् कि उनको अर्को टिमसँग समझदारी भइसहेको छ र यो बार्सिलोना हो । तर, उनी अहिल्यै बार्सिलोना जाँदैन् किनकि एथ्लेटिकोबाट सिधै बार्सिलोना जाँदा उनीवापत २०० मिलियन युरो तिर्नुपर्छ ।

ग्रिजम्यान र बार्सिलोनाको व्यवस्थापनबीचमा भएको छलफलमा ग्रिजम्यानले एउटै कुरा भनेको हुनुपर्छ ‘मेस्सीसँग खेल्न कसैले पनि नाइँ भन्न सक्दैन ।’


प्रतिक्रिया दिनुहोस्