मेस्सी र एमबाप्पेको गोल्डेन बुट, आज टुंगो लाग्ने

काठमाडौं, / फ्रेन्च लिग वानमा आज पिएसजीले आफ्नो अन्तिम खेल खेलेसँगै युरोपियन गोल्डेन गोल्डेन बुट कसले जित्ने भन्ने टुंगो लाग्नेछ ।

स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीको टिम बार्सिलोनाले ला लिगामा सबै खेल खेलिसक्दा पिएसजीसँग भने अझै एक खेल बाँकी छ । स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी र पिएसजीका फरवार्ड केलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । मेस्सी कूल ३६ गोलसहित शीर्ष स्थानमा छन् भने एमबाप्पे ३२ गोलसहित मेस्सीलाई पछ्याइरहेका छन् ।

पिएसजीको अन्तिम खेल आज राति स्टेड रेइम्जविरुद्ध हुनेछ । एमबाप्पे हाल मेस्सीभन्दा स्पष्ट रूपमा ४ गोलले पछि रहेकाले आज रातिको खेलमा रेइम्जविरुद्ध उनले चमत्कारिक रूपमा गोल गर्न सक्नुपर्छ । उनले मेस्सीसँग गोल संख्या बराबरी गरेर गोल्डेन बुट बाँड्न ४ गोल र उछिनेर मेस्सीबाट गोल्डेन बुट खोस्न ५ गोल गर्नुपर्छ ।

यदि आज राति एमबाप्पेले ५ गोल गर्न सकेनन् भने मेस्सीले कीर्तिमानी छैटौंपटक गोल्डेन बुट जित्नेछन् । पिएसजी र रेइम्जको खेल नेपाली समयअनुसार आज राति ठीक १२ः५० बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्