यौनिक तथा लैङगीक अल्पसङ्ख्यकको नृत्य प्रतियोेगिताको उपाधी लेस्वियन समुहलाई (फोटो फिचर)

काठमाडौं, ६ जेठ । शुक्रबार सम्पन्न भएको यौनिक तथा लैङगीक अल्पसङ्ख्यक महासंघद्धारा आयोजित देशव्यापी लोक सांस्कृतिक नृत्य प्रतियोेगिताको विजेता लेस्वियन समुह काठमाडौंले हात पार्न सफल भएको छ ।

मनिषा ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नायिका तथा नेतृ करिश्मा मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथि राजेन्द्र महत, बिन्दा मगर, माल्भिका सुब्बा र निर्णायक मण्डलमा नायिका संचिता लुइटेल, गोविन्द राई र भावना कार्की रहेका थिए ।

कार्यक्रमको सुरुवात प्रमुख अतिथिले दीप प्रज्वलनबाट सुरु भएको थियो । कार्यक्रम सञ्चालन याङजोम शेर्पाले गरेकी थिईन् .,उक्त कार्यक्रममा पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मको यौनिक तथा अल्पसङ्ख्यकहरूको बृहत उपस्थिती रहेको थियो ।

उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमकी अध्यक्ष मनिषा ढकालले २००६ आजकै दिनदेखि निलहिरा समाजले विभिन्न कार्यक्रम गर्दै आएको र १३० भन्दा बढी राष्ट्रहरूले आजकै दिन यो इन्टरनेशनल डे एगेन्स होमोफोविया ट्रान्सफोविया वाइफोविया मनाउदै आइरहेको बताइन् ।

त्यसैगरी युएनडिपी सल्लाहाकार विन्दा मगरले काम गर्न अझै धेरै नै बाँकी रहेकोे र सबैजना मिलेर काम गरौं भन्ने आह्वान गरेकी थिइन् । साथै सधै साथ दिने बताएकी थिइन् भने प्रमुख अतिथि करिस्मा मानन्धरले आफू तेस्रो लिङ्गीहरूको माइती भएको र तीजमा माइती सम्झेर आफ्नो घर आउन आह्वान गरेकी थिइन ।

कार्यक्रममा दोल्दै मिस नेपाल माल्भिका सुब्बाले पनि आफू सधै तेस्रोलिङ्गीहरूको सहयोगार्थ तयार रहेको र यदि भोली आफ्नो सन्तान पनि तेस्रो लिङ्गी बनेपनि उनिहरूलाई हाँसी हाँसी स्वीकार गर्ने बताइन् ।

कायक्रममा २१ वटासमुहले भाग लिएका थिए । जसमध्ये प्रथम लेस्बियन समुह काठमाण्डौ तामाङ सेलो प्रथम, द्धतिय नौलो विहानी समुह कास्की कौडा नृत्य, तृतिय झागर ग्रुप काडमाण्डौ, सान्तवना सुदुरपश्चिम समाज दौडा नृत्य, र महोत्तरीबाट जितिया समुहले प्राप्त गरेका थिए । विजेताहरूले क्रमशः रु ५०, ३५, २५ हजार नगत र सान्तवना पुरस्कार रु १०र१० हजार प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्