कोपा डेल रे : फाइनलमा आज बार्सिलोना र भ्यालेन्सिया भिड्दै

काठमाडौं, / स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा आज २०१८ र १९ को उपाधिका लागि ला लिगा च्याम्पियन बार्सिलोना र भ्यालेन्सिया भिड्दैछन् ।

कोपाको उपाधि बार्सिलोनाले पछिल्ला चार सिजन लगातार जित्दै आएको छ । सिजन २०१४र१५ देखि यता उसले चारपटक फाइनल खेल्दा चारपटक नै उपाधि जितेको छ । भ्यालेन्सियाले भने सिजन २००७ र ०८ मा गेटाफेलाई हराएर यो उपाधि जितेयता पुनः जित्न सकेको छैन ।

३० औं पटक जित्ने बार्सिलोना कोपा सर्वाधिक धेरै टोली हो । त्यसपछि २३ उपाधिसहित एथ्लेटिक बिल्बाओ रहेको छ भने रियल मड्रिड १९ उपाधिसहित तेस्रोमा छ । आज बार्सिलोनासँग भिड्न लागेको भ्यालेन्सियाले यो उपाधि ७ पटक जितेको छ ।

खेल ला लिगा टोली रियल बेटिसको घरेलु रंगशाला बेनिटो भिल्लामरिन स्टेडियममा आज राति नेपाली समयअनुसार आइतबार बिहान० १२ः४५ बजेबाट सुरु हुँदैछ ।

आज यो उपाधि जितेर बार्सिलोना सिजनको दोस्रो घरेलु उपाधि जित्न चाहन्छ । ऊ यसअघि ला लिगाको च्याम्पियन बनिसकेको छ भने युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा इंग्लिस टिम लिभरपुलसँग ४–० समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको थियो ।

आजको खेलमा बार्सिलोनाको टोलीमा व्यापक फेरबदल हुनेछ । बार्सिलोनाका ८ जना खेलाडी चोटग्रस्त छन् । तर, उनीहरू सबैलाई प्रारम्भिक टोलीमा राखिएको छ । मेडिकल पास पाइनसकेका उनीहरूले आजको खेल खेल्नेछैनन् ।

आज बार्सिलोनाको टोलीमा पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन, फरवार्ड लुइस स्वारेज, मिडफिल्डर फिलिपे कोउटिन्हो र अर्थुर मेलो, विंगर उसामान डेम्बेलेलगायत प्रमुख खेलाडी हुनेछैनन् ।

ला लिगामा ३८औं साताको खेल सकिँदा चौथो स्थानमा रहेर अर्को सिजनका लागि आफूलाई च्याम्पियन्स लिगका लागि सुरक्षित गर्न सफल भ्यालेन्सियाको टोलीमा भने आज सबै खेलाडी उपलब्ध छन् । उसलाई चोटको कुनै समस्या छैन ।

यो सिजन उच्च मनोबलमा रहेको उसले बार्सिलोनामाथि दबाबपूर्ण खेल खेल्दै उपाधि हत्याउन प्रयास गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्