संघीय गठबन्धनले पहिचान स्थापना गर्न एक हप्ता धर्ना दिने

काठमाण्डौं ११ बैशाख / पहिचानमा आधारित संघीय गठबन्धनले पहिचान स्थापना र देशमा भैरहेको भ्रष्टाचार बिरुद्दमा १० बुदे माग राख्दै नयाँ बानेश्वरमा एक हप्ते शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएको छ । धर्ना कार्यक्रम यहि जेठ १२ देखि १९ गते सम्म हुनेछ ।

पहिचानवादी राजनैतिक दलहरु खम्बुवान राष्ट्रिय मोर्चा,नेपास:पार्टी,नेवा:राजनैतिक अभियान,नेपाल सास्कृतिक पुनर्जागरण अभियान,खसान राष्ट्रिय संघर्ष समिति,आदिवासी जनजाति पार्टी,नेपालसम्बद्द तामाङ्गसालिंग(नेवा संघर्ष समिति,नेपाल लोकतान्त्रिक पार्टी,माननीय रेशम चौधरी रिहाइ अभियान,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचसम्बद्द राजनैतिक दलहरुको साझा ‘पहिचानमा आधारित संघीय गठबन्धन ‘ले यसरि प्रदेशको पहिचानको आधारमा नामांकन ,खस समुदायलाई आदिवासीमा सुचिकृत देखि देशमा ब्यापक बढेको भ्रष्टाचारी ,हत्या,बलात्कारीलाई कडा कारवाहीको माग राख्दै ‘हप्तादिने धर्ना कार्यक्रम जानकारी पत्र ‘गृहमन्त्री राम बहादुर थापा बादललाई बुझाएको छ,

सवै आवद्द राजनैतिक दल अध्यक्षहरुको दस्तखत रहेको उक्त जानकारी पत्र गृहमन्त्रीलाइ बुझाए पछि अरुणपोष्टडटकम संग कुराकानी गर्दै खम्बुवान राष्ट्रिय मोर्चा अध्यक्ष आर के खम्बुले ‘ हाम्रो धर्ना शान्तिपुर्ण हुनेछ ,यसमा सरकारबाट बल प्रयोग गर्न नखोजियोस,हाम्रो अति जायाज मागलाई गम्भीर रुपमा यो सरकारले ध्यान दिदै पूर्णरुपमा लागु गरियोस ,नत्र भोलि हुने गम्भीर दुर्घटनाको जिम्मा यहि सरकारले लिनु पर्नेछ ‘भने .


प्रतिक्रिया दिनुहोस्