‘‘बाधेर राखुकी चोलिको तुनामा’ भिडियो सार्वजनिक

काठमाण्डौ । गायिका नेहा लामाको स्वर रहेको गीत ‘बाधेर राखुकी चोलिको तुनामा’ को भिडियो सार्वजनिक भएको छ ।

मित्र केसीको शब्द र संगीत रहेको गीत ‘बाधेर राँखुकी चोलिको तुनामा’ गीतको भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन । राजकुमार महर्जन निर्माता रहेको भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ्ग छन ।

गीतको भिडियो ह्वाईट पिजन मिडिया मार्फत सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्