जताततै बम : महोत्तरीमा रेडियो कन्टोल बम फेला

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शक्तिशाली आरसिआइडी बम फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली त्यस स्थान तर्फ लागेको बताइएको छ । आरसिआइडी बम रेडियो कन्टोल बम भएकाले टाढाबाट पनि बिस्पmोट गराउन सकिने प्रहरीले जनाएको छ ।

जिल्लामा बिहानै देखि बन्दको प्रभाव परेको छ । बजार, पसल तथा शैक्षिक संस्था बन्द छन् भने छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्