केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने

एजेन्सी, / टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले च्याम्पियन्स लिगको फाइनलमा खेल्ने भएका छन् ।

लामो समय चोटसँग जुधेका उनी टिममसँगै प्रशिक्षणमा फर्किएका छन् । क्लब टोटनह्यामले केनले टिमसँगै प्रशिक्षण गर्दै गरेका तस्बिर सार्वजनिक गरेको छ । फाइनल खेल स्पेनस्थित एथ्लेटिको मड्रिडको घरेलु रंगशाला वान्डा मेट्रोपोलिसनामो हुँदैछ ।

जुन १ मा हुने च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर लिगका दुई क्लब लिभरपुल र टोटनह्याम भिड्दैछन् । केन च्याम्पियन्स लिगमा अन्तिम आठमा पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । अझै पनि केनले फाइनल सुरुआती टिमबाटै खेल्छन् वा बेन्चबाट खेल्छन् भन्ने निश्चित भइसकेको छैन ।

टोलीका प्रशिक्षक पोचेटिनोले केनबारे अन्तिम निर्णय लिन बाँकी रहेको बताएका छन् । ‘उनी अहिले ठीक छन् । उनले लिभरपुलविरुद्ध सुरुआती टोलीबाट नखेले पनि सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्