रोनाल्डोलाई पछि पार्दै क्वाग्लिएरिल्लाले जिते सिरी ‘ए’ लिगको गोल्डेन बुट

एजेन्सी, / रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै साम्पडोरियाका फावियो क्वाग्लिएरिल्लाले इटालियन सिरी ‘ए’ लिगको गोल्डेन बुट जितेका छन् ।

क्वाग्लिएरिल्लाले यो सिजन कूल २६ गोल गर्दै गोल्डेन बुट जितेका हुने । उनले सिजनभर कूल ३७ खेल खेल्दै २६ गोल गरे । उमेरले ३७ वर्ष पुगेका क्वाग्लिएरिल्लाले लिग च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डोलाई ५ गोलले पछि पार्दै गोल्डेन बुट जिते । रोनाल्डोले यो सिजन २१ गोल मात्रै गरे ।

लिगको नवौं स्थानमा रहेर सिजन पूरा गरेको साम्पडोरियाका गोल मेसिन खेलाडीले उनले २६ गोल गर्दा ८ गोलका लागि असिस्टसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्