ड्यानी आल्भेसलाई ब्राजिलियन कप्तानको जिम्मेवारी, नेयमारलाई हटायो

एजेन्सी / ब्राजिलियन सुपरस्टार नेयामरलाई राष्ट्रिय टोलीबाट कप्तानी पदबाट हटाएको छ ।

ब्राजिलियन प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट उनलाई कप्तान पदबाट हटाएका हुन् । नेयमारलाई आठ महिनाअघि मात्र स्थायी कप्तानको जिम्मेवारी दिइएको थियो ।

अनुशासनका कारण समस्यामा आएका नेयमारलाई प्रशिक्षक टिटेले शनिबार कप्तानबाट बाहिरिएको जानकारी दिए । उनको स्थानमा ड्यानी आल्भेसलै कप्तानको जिम्मेवारी दिइएको छ । नेयमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेल्ने गर्छन ।

३६ वर्षिय डिफेन्डर आल्भेसले कतार र होन्डुरससंग मैत्रीपूर्ण खेलमा टोलीको कप्त्रानी सम्हाल्नेछन् । उनले यसअघि ४ पटक ब्राजिलको कप्तानी सम्हाल्नेछन् । घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकामा समूह ‘ए’ मा ब्राजिलले बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्नेछ ।

प्रतियोगिता जुन १४ देखि ७ जुलाईसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस्