किरण चेम्जोङ र टीसी स्पोर्टबीच सम्झौता रद्द

काठमाडौं, / नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ (लिम्बु ) र मालदिभ्सको टीसी स्पोर्टससँगको सम्झौता रद्द रद्द गरेको हो ।

दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेका किरणले मलेसियाविरुद्धको राष्ट्रिय टोलीबाट हुने मैत्रीपूर्ण खेललाई प्राथमिकतामा राखेपछि उनीसँगको सम्झौता क्लबले रद्द गरेको हो ।

किरण र क्लबबीच मौखिक रुपमा सहमति भएपछि आधिकारिक रुपमा कागजी प्रक्रिया हुन बाँकी थियो । जसका लागि किरणले क्लबलाई सबै पत्र पठाएका थिए । तर, यही समयमा राष्ट्रिय टिमले मैत्रीपूर्ण खेल खेल्ने भयो । गोलरक्षक किरणले राष्ट्रिय टिम रोजेका थिए ।


प्रतिक्रिया दिनुहोस्