च्याम्पियन्स लिग फाइनल : लिभरपुल र टोटनह्याम भिड्दै

एजेन्सी / युरोयिन च्याम्पियन्स लिग फुटबलको उपाधिकालागि आज लिभरपुल र टोटनह्याम भिड्दैछन् ।

युरोपको सार्बधिक चर्चित र ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा खेल्न लागेको इग्लिस क्लब टोटनह्याम पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने तयारीमा छ भने पाँच पटक लिग जितेको लिभरपुल उपाधि संख्या ६ बनाउने तयारीमा छ ।

लिभरपुल गत सिजनमा भोगेको हारलाई उपाधि जितेर बिर्सन चाहान्छ मड्रिड स्थित वाण्डा मेट्रोपोलिटानो स्टेडियममा हुने सो – फाइनल खेल नेपाली समय अनुसार शनिवार राति १२ः४५ हुनेछ ।

सेमिफाइनलमा टोटनह्यामले आयाक्स विरुद्ध ३-२ को उत्कृष्ठ जीत निकाल्दै फाइनल यात्रा तय गर्दा लिभरपुलले बार्सिलोना विरुद्ध ४ – ३ ले जीत निकाल्दै फाइनल यात्रा बनाएको थियो ।

सन् २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब खेल्न लागेका हुन् । सन २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेल म्यान्चेस्टर युनाइटेडले जितेको थियो । टोटनह्याम प्रिमियर लिग २०१८–१९ को चौथो र लिभरपुल दोस्रो टोली हो ।

च्याम्पियन्स लिगको उपाधि सर्बाधिक धेरै पटक रियल मड्रिडले जितेको छ । १३ पटक उपाधि जितेको रियल मड्रिडपछि दोस्रो स्थानमा एसिमिलान छ । एसिमिलानले ७ पटक उपाधि जित्दा बार्सिलोना, लिभरपुल र बार्यन म्युखिमले समान ५–५ पटक युरोपियन च्याम्पियन लिग जितेका छन् ।


प्रतिक्रिया दिनुहोस्