च्याम्पियन्स लिगको उपाधि छैटौं पटक लिभरपुललाई


म्याड्रिड / लिभरपुलले टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।

लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए ।

साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । जसमा सलाहले कुनै गल्ति गरेनन् ।ओरिगीले खेल सकिन तीन मिनेट बाँकी रहँदा टोलीका लागि दोस्रो गोल गर्दै जितलाई पक्का पारेका थिए । ओरिगी ५८ औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्