आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौ / नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल मलेसियासँग उसैको मैदान बुरीत जालिल राष्ट्रिय मैदानमा खेल्दैछ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्दैछ । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार गरेका छन् ।

मुख्य प्रशिक्षक योहान कालिनले बलियो टिम मलेसियालाई चुनौती दिन आफु तयार रहेको बताएका छन् । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । कालिनले भने ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ।’

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा रहेको छ । फिफा वरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो ।मलेसियासंगको खेलपनि नेपाल अर्को मैत्रीपूर्ण खेल खेल्न चाईनिज ताईपे जाने छन् ।


प्रतिक्रिया दिनुहोस्