राष्ट्रिय टोलीको लागि उपाधि नजिती संन्यास नलिने – मेसी


एजेन्सी / बार्सिलोना ,अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

कप्तान मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले भने , संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ ।

‘ मेसीले थपे हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ । म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु,’ । म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु ।

अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समुह चरणको खेलमा कोलोम्बिया, कतार र पाराग्वेको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्