भयानक दुर्घटनामा परि पत्रकारसहित दुईको मृत्यु

काठमाडौं , १९ जेष्ठ । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार सहित दुईको मृत्यु भएको छ ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारीको मृत्यु भएकोे जनाईएको छ ।

दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्