पिपुल्स च्वाइस अवार्डकालागि पाँच खेलाडी मनोनयनमा

काठमाडौं / पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्ड मनोनयनमा परेका क्रिकेटर तर्फ सन्दीप लोमिछाने र फुटबल तर्फ सावित्रा भण्डारीसँगै भलिबल तर्फकी रेश्मा भण्डारी, ब्याडमिन्टन तर्फका प्रिन्स दाहाल र बडिबिल्डिङ तर्फका महेश्वर महर्जन सहित पाँच अलग अलग खेलका खेलाडी पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन् ।

सर्बसाधरणले एसएमएस, फेसबुक लाइक मार्फत आफ्नो मत जाहेर गर्न सक्नेछ्न् । दर्शकको मतसँगै विभिन्न खेलका प्रशिक्षकहरुको मतका आधारमा विजेता छनोट हुनेछन् ।

एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्