रियल लगातार पाँचौ वर्ष क्लब वरीयताको शीर्षस्थानमा, बार्सिलोना..

एजेन्सी / युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा रियल म्याड्रिडले बार्सिलोनालाई पछाडी परदै शीर्षस्थानमा रहेको छ ।

लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलको १ लाख ४६ हजार अंक रहेको छ भने बार्सिलोनाको १ लाख ३८ हजार अंक छ । यस सिजन रियलले १९ हजार अंक जोड्दा बार्सिलोनाले ३० हजार अंक जोडेको हो । तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको १ लाख २८ हजार, एटलेटिको म्याड्रिडको १ लाख २७ हजार तथा युभेन्टसको १ लाख २४ हजार अंक छ ।

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले १ लाख ६ हजार अंक जोडेको छ भने स्पेनकै सेभिल्लाको १ लाख ४ हजार अंक छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन १ लाख ३ हजार, आर्सनल १ लाख १ हजार र पोर्टो ९३ हजार शीर्ष ३ स्थानमा अटाएका छन् । पछिल्लो ५ वर्षको प्रदर्शन र त्यसअनुसार अंकले वरीयता निर्धारण गर्ने प्रावधान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्