पोर्चुगल नेसन्स लिगको फाइनलमा,रोनाल्डोले ह्याट्रिक

एजेन्सी / पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्दतले स्वीजरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदा पहिलो र दोस्रो हाफमा गरी रोनाल्डोले तीन गोल गरेको छ । खेलको २५ औ मिनेटमा फ्रिकिकबाट रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए ।

उनले करिब ३० याडको दुरीबाट प्रहार गरेको फ्रिकिक गोल मार्फत पोर्चुगलले पहिलो हाफ १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा रोनाल्डो एक्कैले दुई गोल गर्दा स्वीट्जरल्यान्डले एक गोल फर्काएको थियो । रोनाल्डोले खेलको ८८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए ।

त्यसको ठिक २ मिनेटपछि रोनाल्डोले ह्याट्रिक पूरा गरे । ९० औ मिनटेमा तेस्रो गोल गरे । ५७ औ मिनेटमा पेनाल्टी मार्फत रिचार्डो रोड्रिग्वेजले स्वीट्जरल्यान्डकालगि १ गोल गरेका थिए । तर रोनाल्डो एक्लैले तीन गोलगरेपछि स्वीट्जरल्यान्ड पराजित भयो ।


प्रतिक्रिया दिनुहोस्