इडेन हाजार्ड रियल मड्रिड जाने पक्का

एजेन्सी, / प्रिमियर क्लब चेल्सीका स्टारखेलाडी इडेन हाजार्ड रियल मड्रिड जाने लगभग पक्का भएको छ ।

अन्तर्राष्ट्रिय स्पोर्ट्स पोर्टल द गार्डेनले रियल मड्रिड र हाजार्डबीच एक सय मिलियन युरोमा सहमति भएको जनाएको छ । यसैवर्ष हाजार्ड र चेल्सीबीचको सम्झौता सकिँदैछ । चेल्सीलाई यस सिजन युरोपियन युरोपा लिग जिताएका उनलाई गत वर्षबाट नै चेल्सीले नयाँ सम्झौताका लागि प्रस्ताव गरिरहेको थियो । हाजार्डले भने रियल जाने इच्छा देखाइरहेका थिए ।

चेल्सीलाई २ पटक प्रिमियर लिग, दुई पटक युरोपा लिग र एकपटक एफ ए कपको उपाधि जिताएका हाजार्डले ७ वर्षपछि क्लबाबाट बिदा लिने भएका हुन् ।

सन् २०१२ मा फ्रेन्च क्लब लिलीबाट चेल्सी आएका उनलाई यस सिजन खराब प्रदर्शनमा गुज्रिएको मड्रिडले स्टार खेलाडीको विकल्पका रूपमा अनुबन्ध गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्