तेस्रो आदिवासी फिल्म फेस्टिवलमा पनि केसाङ्ला हाउसफुल

काठमाडौं २४ जेठ / लिम्बू संस्कार संस्कृतीमा आधारित चलचित्र ‘केःसाङ्ला’को शो तेस्रो आदिवासी फिल्म फेस्टिवलमा पनि हाउसफुल भएको छ । शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको महोत्सवको पहिलो दिन ‘केः साङ्ला’ स्क्रिनिङ गरिएको थियो । जहाँ दर्शकको भीड लागेको थियो ।

आदिवासी फिल्म फेस्टिवल–२०७६’ लिम्बुभाषी चलचित्र के साङला र के छनोटमा परेका थिए। सागर केरुङद्धारा निर्देशित चलचित्र के भने शनिबार प्रदर्शन हुने भएको छ । लोकेन साँवा लिम्बूले निर्देशन गरेको फिल्म ‘केःसाङ्ला’ यसअघि हङकङ लगायत नेपालको बिभिन्न स्थानहरुमा सफलतापूर्वक शो भईसकेको छ ।

निर्देशक साँवाका अनुसार हालसम्ममा शो भएको प्रत्येक हलहरुमा हाउसफुल नै रहेको बताए । फिल्ममा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ ।

फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाङफे लगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्