विप्लवका जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ

पोखरा २६ जेष्ठ । मध्यरातमा प्रहरीले नेकपा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा बैठक भइरहेको सूचनाका आधारमा प्रहरीले हिजो अपरान्हबाटै घेरावन्दी गरेको थियो ।

प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राई आक्रोससहित १८ जना पक्रेको बताएको छ । पक्राउ परेकाहरुमा पाँच महिला, १३ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई राति नै पोखरा ल्याइएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले थप अनुसन्धान भइरहेको बताए ।

विप्लव समूहका नेताहरुले भने पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारि)को बैठक बस्दै गर्दा बैठक हल नै प्रहरीले घेराउ गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्