मेयर द्धारिकालाल चौधरीको घर पुग्दा जे देखियो,जस्ताले छाएको घर (भिडियो सहित)

काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपम नामक पत्रकारले उनको पार्टीका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन ।

इटहरीका मेयर द्वारिकलाल चौधरीले काठमाडौंको एक अनलाइन टिभी सग कुरा गर्दै भु माफिया ,खानेपानी भित्रको भ्रस्ट्रचारी राम प्रसाद चौलागाई संग मिलेर कसैको चरित्र हत्या गर्ने ,पुर्वाग्रह राखेर पित पत्रकारिता गर्ने तल्लो स्तरका भ्रष्ट पत्रुकारको मात्र आफुले आलोचना गरेको भन्दै यस्तै भ्रष्ट को सुचना लिएर पत्रकार रबिलामिछानेले पनि बिगतमा इटहरी नगरपालिकाको विषयमा हचुवाको भरमा समाचार प्रवाह गरेको कारण आफुले उनको कार्यक्रममा त्यस्तो जवाफ दिएको बताएका छन ।

विकास र समृद्धिमा असल सञ्चारकर्मीको साथ जरुरी रहेको भन्दै आफुले गरेको पित पत्रकारको चरित्र र पाखण्ड पत्रुकारको बिरोध गर्दा इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमाप्रार्थी रहेको भन्दै भ्रष्ट्रचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलार्इ जनताका बिचमा कालोमोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन । पार्टीसंग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टीले मेयरको टिकट आफुलाई नदिई द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोसित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्ष देखि अनेकौ षड्यन्त्र गर्दै आएका थिए ।

विगत केही बर्ष अगाडि विभिन्न राजनीतिज्ञको ईशारामा हड्डि भाँचिएको र मारिएका पत्रकारहरुको उदाहरण दिदै उनले पित्त पत्रकारिता तुरुन्त रोक्न चेतावनी समेत दिईएका छन ।

विभिन्न कमेन्ट मार्फत उनलाई नालाएक, अयोग्य लगाएतका कुरा लेखिरहेको र जसको जवाफमा उनले चाटुकार र पत्रुकार लेखेको र केही समय पछि फोन गरेर उनलाई मुख छाडेको र सम्झाउदा (सम्झाउदा आफु थाकेको हुनाले अब गुण्डा गर्दीमा लाग्ने भनेको बताए ।

विभिन्न मिडिया क्षेत्रमा चर्चित भएका इटहरी नगर प्रमुखलाई नगरवासी तथा युवाहरुले गृह नगरमा भव्य स्वागत गरेका छन् । स्वागतको क्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य अरुण गुरुङ , वडा नं। १४ का वडा सदस्य दुखीलाल चौधरी वडा नं। ९ का वडा अध्यक्ष भूपेन्द्र बराल , वडा नं। ९ का वडा सदस्य शिवराम चौलागाई, वडा नं। ९ कि महिला वडा सदस्य कुमरी न्यौपाने , वडा नं। ४ कि महिला वडा सदस्य लक्ष्मी चापागाई र युवा नेतृत्व गर्दै जिवि गजल लगायतले विराटनगर एयरपोटर्मा भव्य स्वागत गरी मेयरको भ्रष्टचारी विरुद्धको अभियान सहि भएको बताउँदै साथ र सहयोग गर्ने बताए ।

उनै मेयरको घरमा पुग्दा एकदमै गाँउले जीवनशैली बिताई रहेको घर परिवार देखियो । उनको घर समेत पुरानो जस्ताले छाएको पुर्खेउली नै रहेको पाइयो । घरमा पुग्दा उहाको आमा र श्रीमतीसंग पनि कुराकानी भएको छ ।

source : NP News

भिडियो हेर्नुहोस


प्रतिक्रिया दिनुहोस्