सारेगमप लिटिल च्याम्पमा चौंथो भएका आयुषलाई एयरपोर्टमा भब्य स्वागत (भिडियो सहित)

काठमाडौं २७ जेठ । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पमा चौथो भएका आयुष केसीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । केसीलाई उनी अध्ययनरत विद्यालयका शिक्षक, आफन्त तथा अन्य विद्यार्थीहरुले स्वागत गरेका थिए। उनी सोमबार विहान करिब साढे १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका थिए ।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका अर्का गायक प्रितम आचार्य भने तेस्रो भए। फाइनलमा ६ जना पुगेका थिए। कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली तथा भारतीय दर्शकको मन छोएको छ।

कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भएका थिए। सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइएको थियो।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्।प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

२०६५ जेठ १० मा इटहरी जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्। उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए।

भिडियो

https://youtu.be/FG2Po_chH-Y

प्रतिक्रिया दिनुहोस्