सलमानखानको नयाँ तस्बिरले बलिउडमा खलबल



काठमाडौं जेठ २७ / एजेन्सी स् सलमान खान यतिबेला फिल्म ुभारतु को सफलताको उत्सव मनाइरहेका छन्। तर यसैबीच सलमान खानक एक ट्वीटले उनका फ्यानमा उत्सुकता बढाएको छ । सलमान खानको नयाँ ट्वीटले कुनै नयाँ प्रोजेक्टतर्फ इशारा गरेको छ।

सलमान खानले आइतवार आफ्नो ताजा तस्बिर सेयर गरेका छन्। यसमा उनले लेखेका छन्, ुकेही नयाँ आइरहेको छ।ु तस्बिरमा सलमान खान एक कुर्सीमा बसेको देखिएका छन्।

उनको पछाडिबाट लाइट आएको देखिन्छ। सलमान एक मुभिङ कुर्सीमा बसेको देखिएपछि धेरै नयाँ प्रोजेक्ट आउन लागेको दाबी गरेका छन्।

धेरैले ुभारतु फिल्मको सफलतासँगै सलमान बिग बो(१३ को तयारीमा लागेको अन्दाज गरिएको छ। ब‍िग बोसको सिजन १३ को तयारी भइसकेको छ।

अहिले नयाँ सिजनमा सहभागीहरुको छनोट चलिरहेको छ। यसैबीच सलमान खानको ताजा तस्विरलदे ब‍िग बोस १३ को सुरुवाततर्फ इशारा गरेको अनुमान गरिएको छ।

तस्विरमा कालो सर्ट र जिन्समा देखिएका सलमानको हातमा ब्रासलेट देख्न सकिन्छ। अब सलमानले आफ्ना फ्यानका लागि नयाँ के लिएर आए धेरैलाई यो चासोको विषय बनेको छ।

सलमान खान अहिले फिल्म भारतको सफलताबाट उत्साहित र खुसी छन्। फिल्मले चार दिनमा १ अर्ब २२ करोड रुपैयाँ कमाइसकेको छ।

फिल्ममा सलमान खानको इमोसनका साथै कटरिना र सुनिल ग्रोवरको भूमिकालाई दर्शकले मन पराएका छन्। भारतपछि सलमान खान दबङ्ग ३ मा व्यस्त भएका छन्। अहिले यो फिल्मको धमाधम सुटिङ भइरहेको छ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्