प्रवक्ता शर्मालाई सम्बोधन गर्दै शाहले लेखे पहिला देश बनाउने दस बर्षे योजना बनाउनु पर्छ

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कांग्रेस बनाउने हो भने पहिला देश बनाउने दस बर्षे योजना बनाउनु पर्ने बताएका छन।

कांग्रेसको जागरण अभियानको पहिलो चरणको समिक्षा गर्दै सामाजिक संजाल फेस्बुक मार्फत शाहले पहिलो चरणको जन जागरण अभियान उत्साहका साथ सम्पन्न भएको पनि उल्लेख गरेका छन। उनले आगामी जागरण अभियानका लागि पार्टी भित्रका क्याडर ब्यबस्थापन गरेर गम्भीर छलफल गर्नुपर्ने पनु जिकिर गरेका छन। पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मालाई सम्बोधन गरेर शाहले सामाजिक संजाल फेस्बुकमा लखेको स्टाटस यस्तो छ

आदरणीय बिश्वप्रकाश शर्मा दाजु ,
प्रबकता नेपाली कांग्रेस मार्फ़त
कांग्रेस केन्द्रीय समिति ,

पहिलो चरणको जनजागरण कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोमा हामी सबैलाई बधाई। पार्टी भित्रका क्याडर ब्यबस्थापन गरौ अनि बाक़ी २ चरणका जागरण कार्यक्रम लाई अत्यन्त गम्भीर छलफल गरेर लैजाऊ। सरकार , कम्युनिस्ट पार्टी या अन्य विपक्षी पार्टीको विरोध र आलोचना गरेर मात्र न कांग्रेस बन्छ न देश बन्छ। पहिलो काम पार्टीका क्याडरहरू ब्यबस्थापन गरौ अनि कांग्रेस बनाउने हो भने पहिला देश बनाउने १० बर्षे योजना बनाउ। बिज्ञहरूलाई राखेर गहन छलफल गरौ। निष्कर्ष बोकेर दोस्रो र तेस्रो जागरण अभियानमा गाऊँ गाऊँ जाऊँ। कांग्रेस आफै बन्ने छ। अन्यथा तपाईहरूको केन्द्रीय समितिको योग्यता माथी कांग्रेसका शुभ चिन्तकहरूले गम्भीर प्रश्न उठाऊने निश्चित छ।


प्रतिक्रिया दिनुहोस्