जता पनि भारतको चर्चा तर सय करोड क्लबमा अजय देवगनको फिल्म


काठमाडौं जेठ ३२/ जताततै भारतको चर्चा तरपनि सय करोड क्लबमा आयो अजय देवगनको यो देवगन, तब्बू र रकुलप्रीत स्टारर फिल्म ‘दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । यो फिल्म आफ्नो रिलिजपछि नै मनोरञ्जनात्मक स्क्रिप्टका कारण चर्चामा थियो र फिल्मले सोसल मिडियामा अत्यधिक प्रचार पनि पाएको थियो ।

सलमान खानको भारतको भव्य रिलिज हुँदा हुँदै पनि अजय देवगनको यो फिल्म सय करोड क्लबमा समावेश हुन सफल भयो ।

दे दे प्यार दे एक रोमान्टिक कमेडी ड्रामा हो । यसमा अजय र तब्बुबाहेक रकुल प्रीतको अभिनयको पनि निकै तारिफ गरिएको छ । विशेष कुरा के छ भने यो अजय देवगनको करियरको १० औं फिल्म हो जसले सय करोड क्लबमा प्रवेश पाएको छ । स्मरण रहोस्, अजयको फिल्म गोलमाल अगेन अजयको सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । हालै उनको फिल्म रेड र टोटल धमाल पनि सय करोड क्लबमा प्रवेश हुन सफल भएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्