भद्रकाली अगाडि रगतको खोलो बगाउने ९ जना पक्राउ

काठमाडौं, ३२ जेठ । राजधानीको भद्रकालीमा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको प्रदर्शनको क्रममा रोडमा पोखाएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्