पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला ताप्लेजुङ

मिङमा शेर्पा पाङकर्मा काठमाण्डौ असार १ / नेपालको पुर्वी क्षेत्रको पहाडी जिल्लाहरु मद्धेको एक ताप्लेजुङ जिल्ला पनि हो राजधानी काठमाडौबाट बिर्तामोड इलाम पांचथर हुँदै ताप्लेजुङ करिब दुईदिन पछि ताप्लेजुङ भनेर चिनिन्ने पुर्वको अन्तिम जिल्लामा शेर्पा, लिम्बू ,तामाङ ,मगर, राई ,बिक, नेपाली, तोलाङ, खबास, श्रेष्ठ, क्षेत्री, बाहुन,लगायन अन्य जातजाति रहेको पाईछ ।

विशेष गरि ताप्लेजुङ जिल्लालाई लिम्बुवान अर्थात किराँती जिल्ला भनेर पनि बुजिन्छ ताप्लेजुङ जिल्ला यातायात र पुर्वाधारको दृस्टिकोणले दुर्गम भएनी अन्य गुम्बा, मठमन्दिर, चर्च ,हिमाल, चराचुरुङ्गी ,बन्यजन्तु लगायत अन्य मुल्यवान वनस्पतिले भरिपुर्ण रहेको पाईछ ।

ताप्लेजुङ जिल्ला वास्तवमै प्राकृतिक श्रोत साधनले भरिपुर्ण जिल्ला हो त्याहाको निकै प्रसिद्ध धार्मिक स्थल पाथीभरा ,नेपालको दोस्रो र बिश्वको तेस्रो कंचनजंघा हिमाल , फुङफुङगे झर्ना तिम्बुङ पोखरी हवाई मार्ग सुकेटार , लगायत अन्य हाब्रे रेडपान्डा डांफे ,मुनाल ,लालिगुंरास, हिउचितुवा ,घोराल, बन भेडा, कांडे भ्याकुर मयुर लगायत अन्य हजारौं जिवजन्तु हरु प्रसस्तै पाईछ ।

ताप्लेजुङ जिल्ला एक जडिबुटी जिल्ला पनि हो चिराईतो पाँचऔले बिख्मा कालो ओखती खोक्किम यस्ता सयौं अमुल्य जडिबुटी हरु छन ताप्लेजुङ जिल्ला एक कालो सुनको जिल्ला भरेर पनि चिनिन्छ ।

त्याहाँको मुख्या आकर्षक अलैंची हो र त्याहा खेतीयोग्य धान कोदो मकै आलु जौ गहुँ फापर भट्मास आदि हुन ताप्लेजुङ जिल्ला एक पर्यटन क्षेत्र पनि हो र्यापटिङको लागि धार्मिक पर्यटकको लागि र पर्वतारोहणको लागि अत्तिनै महत्त्वपूर्ण छ तर यो बिसयमा सरकारको खासै ध्यान गएको देख्दिन ।

देश बिकाशको लागि सबै भन्दा पहिला त पर्यटनको बाटो अत्ति उत्तम देख्छु आर्थिक बिकास धर्म प्रचारप्रसार बेरोजगार युवाहरूलाई रोजगारको सुबिधा देशको पहिचान लगायत अन्या थुप्रै फाईदा हरु देख्न सकिन्छ ।

हामी जहाँ रहे पनि आ-आफ्नो ठाउँ बाट आ-आफ्नो जिल्लाको प्रचार प्रसार गरौं र साथै देशको प्रचार पनि गरौं पर्यटन बर्ष 2020 लाई सफल पारौं जय जोस सबैको ।


प्रतिक्रिया दिनुहोस्