आन्दोलनमा आँसु र पसिना मात्र होइन, रगत पनि बगाईयो : लेखनाथ न्यौपाने

काठमाडौं / नेपाली क्रान्तिकारी बिद्यार्थी आन्दोलनका चर्चित नेता तथा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले अहिलेको राजनीति र राज्य संचालन यस्तै रहे पार्टी र मुलुक नै संकटमा पर्ने सामाजिक संजाल फेसबुक मार्फत आप्नो धारणा सार्वजनिक गरेका छन । आप्नो पार्टी सरकारमा रहेर पनि मुलुकमा देखिएको भ्रष्टाचार ,वेथिती र सामाजिक बिकृतिले कहि बाट पनि आसा गर्न नसकिने बताएका छन ।

मुलुकको राजनीतिक क्षेत्रमा छलफल र वहस हराउँदै गएको नेताको वरिपरी जो देखिन्छ र देखिइरहनुपर्छ, उसैको मात्र गणना हुने प्रणालीले कस्तो संस्कृति र पार्टी बनाउँदैछौं रु कस्ता कार्यकर्ता उत्पादन गर्दैछौं हामी जस्ता प्रतिप्रश्न समेत गरेका छन् ।

जेजे गरेर भएपनि सम्पत्ती थुपार्ने नै बहादुरी र सफलता हो भने हाम्रा पार्टीहरु विघटन हुने निश्चित भएको बताएका छन । यहि प्रवृत्ति रहिरहे म देशै नै विघटन हुने खतरा खतरा नजिकै रहेको समेत स्टाटसमा उल्लेख गरेका छन ।

लेखनाथ न्यौपानेको स्टाटस जस्ताको तस्तै

२निराशा होइन तर साँच्चै मन भक्कानिएर आउँछ
बाहिर हेर्यो डर लाग्दो चित्र देखिन्छ, भित्र हेर्यो उस्तै छ .
एउटा सामान्य लेखापालले ६१ करोड भ्रष्टाचार गर्छ र त्यसलाई लुकाउन चार चार वटा श्रीमती एकैपटक जम्मा गर्छ तर कुनै श्रीमती वा परिवारका अन्य सदस्यले यो सम्पत्तिको स्रोत के हो ? उ सँग भनेर प्रश्न उठाउँदैनन् । के पैसा भए सबै राम्रो र?
३राजश्व अनुसन्धान विभागको पूर्व महानिर्देशक, भूमि व्यवस्था मन्त्रालयको पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुखको सम्पत्ति विवरण सुन्दा बहुसंख्यक जनता मुर्छा पर्ने अवस्था कसरी आयो र?
३सामान्य जनताका सामान्यभन्दा सामान्य काम विना एक इञ्च पनि अघि सर्दैन । ‘विधि र प्रक्रियामा छिरेर योग्यता प्रदर्शन गर्छु । सफल हँुदा योग्यता पुगेको ठान्छु । असफल हँुदा पनि योग्यले ठाउँ पायो, मेरो अझै योग्यता पुगेन भन्छु’ भन्ने ठाउँमा हामी पुग्न नसक्दा वा अयोग्यहरुले एयधभच को भरमा योग्यहरुको ठाउँ लिंदा देशमा युवा असुरक्षित, निराश र पलायनताको ओइरो लागेको लाग्यै छ ।
नाफामा चलेको निजी कम्पनीले अर्बौ राज्यलाई तिर्नुपर्ने राजस्व तिर्दैन । किन तिर्दैनस् रु भन्दा खुलेआम राजस्वभन्दा बढी चन्दा तिमीहरुलाई दिएको छु भन्छ । हामी केही बोल्दैनौं÷ केही गर्न सक्दैनौं ?
आन्दोलनमा आँसु र पसिना मात्र होइन, रगत पनि बगाइयो तर निजी सुख प्राप्तीको उद्देश्य रौं जति पनि राखिएन र आज पनि राखिएको छैन । आज समाज, राज्य, पार्टी र सहयोद्धाहरु देख्दा र मसिनोसँग नियाल्दा मन थाम्नै नसक्नेगरी भक्कानिन्छ । के भएको हो यो वा हँुने नै यस्तै हो ? संस्थागत प्रणाली र पार्टी कार्यालयमा कोही नेता भेट हँदैन÷गर्न सकिदैन । जस्केला सधैं खुल्ला छ भन्छन् । जस्केलाबाट छिरेर माग्नु के छ र छिर्नु रु छलफल र वहस त कहाँ हो कहाँ ? नेताको वरिपरी जो देखिन्छ र देखिइरहनुपर्छ, उसैको मात्र गणना हँुने प्रणालीले कस्तो संस्कृति र पार्टी बनाउँदैछौं ? कस्ता कार्यकर्ता उत्पादन गर्दैछौं हामी ?
जेजे गरेर भएपनि सम्पत्ति थुपार्ने नै बहादुरी र सफलता हो भने हाम्रा पार्टीहरु विघटन हुनेमा मात्र सीमित हँुदैन घटना, परिणाम देशै नै विघटन हुने खतरा उकालो चढेको देख्दा उकुसमुकुस उल्कासँग मडारिन्छ मन र भक्कानो छुट्छ । कस्तो नियति भयो हाम्रो पस्ताको भनेर अधिर हुन्छ सोंचहरु ?


प्रतिक्रिया दिनुहोस्