उपत्यकामा भव्य प्रदर्शन भएको रेश असार ६ देखि उपत्यका बाहिर

काठमाडौं, २ असार || उपत्यकामा भव्य प्रदर्शन भएको चलचित्र ‘रेश’ असार ६ देखि उपत्यकाबाहिर प्रदर्शन हुने भएको छ । उपत्यकाका हलहरुमा जेठ २४ बाट सफल प्रदर्शन भइसकेको छ । नेपालबाहिर हङकङ, मलेसिया, दुबइमा प्रदर्शन भैसकेको यो चलचित्रले सबैतिरबाट प्रशंसा पाईसकेको छ ।

नीता ढुङ्गाना, पुस्पा लिम्बू, जियान, किरण केसी, शुलेमान शंकर ईक्कु, रविन्द्र खड्का, रविन लिबाङ सुबास गजुरेल, एजेस सैजू, राजु घिमिरे, गोपी सापकोटा, निसा गौतम, पुर्निमा मगर, हस्त लिबाङ, लक्ष्मि मगर आदि अभिनित चलचित्र रेस सफल हुनेमा निर्देशक सुब्बा विश्वस्त छन् ।उपत्याकामा तिरुपति पिक्चर्स, पूर्वाञ्चलमा चैतन्य बराल, पश्चिमाञ्चलमा केदार पराजुलीले वितरण गरिरहेको चलचित्र युएईमा पनि सोही समयबाट प्रदर्शन हुन लागेको हो । युएईमा शालिक सुवेदीले वितरण गर्दै गरेका हुन् ।

माता पाथिभरा फिल्म्स् प्रा. लि. को ब्यानरमा निर्माण चलचित्र रेस जिन्दगीको हस्त लिवाङले प्रस्तुत गरेका हुन् । चलचित्र निर्माणमा विशाल थेबे, हेमन्त गौतम, चन्द्र लिवाङ, सुदिप के लिङदेन, राज सेम्बुले पनि सघाएका छन् । त्यसैगरी पासाङ ह्याल्मो, रविकुमार गुरुङ, पदम चोङबाङ सहनिर्माताका रुपमा छन् भने किशोर पालुङ्वा कार्यकारी निर्माता छन् । मौनता श्रेष्ठका पटकथारसंवादमा निर्मित चलचित्रमा संगीत आनन्द राई, नृत्य गोविन्द राई, कमल राई, द्वन्द्व शंकर महर्जन, क्यामेरा कुमार बखती छन् ।

गीतको पाश्र्वगायनमा उदितनारायण झा, अन्जु पन्त, सुजाता उपाध्याय, दिपराज नेयोंङहाङ, अन्जु गौतम, संजित तामाङ, ममिला लामा छन् । त्यसैगरी संजित तामाङ र राजकुमार बगरले एकरएक संगीत दिएका छन् ।गीत आनन्द अधिकारी, कृष्ण थापा, राज कुमार बगर, संजित तामाङ लेखेका छन् । चलचित्रलाई सम्पादन मंन्दिल श्रेष्ठले गरेका हुन् । ब्याकग्राउण्ड संगीत सम्राट थापा, काष्टिङरग्राफिक्स प्रविन ढकाल, सबटाईटल बिरेन मालाकार, कलर बिनय कंसाकार, डबिङररेकर्डिस्ट सुनयमान श्रेष्ठले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्