प्रेम गीत ३ मा प्रदिपका बाबु शिव

माडौं, ३ असार || चलचित्र ‘प्रेम गीत – ३ का लागि कलाकारको छनौट हुँदै गर्दा चलचित्रका नायक प्रदीप ‘प्रेम’ का बाबुको भूमिकाका लागि महानायक राजेश हमाललाई प्रस्ताव गरिएको थियो ।

समय तालिका नमिलेको भन्दै हमालले काम गर्न नसक्ने बताएपछि निर्माण पक्ष केही निरास भएको थियो । आश देखाएर अन्तिममा धोका दिएको भन्दै निर्माता निर्देशक सन्तोष सेनले गुनासो गरेका थिए ।

यसैबीच हमाललाई प्रस्ताव गरिएको भूमिकाका लागि कलाकार फाइनल गर्ने भनेको टिमले अभिनेता शिव श्रेष्ठलाई प्रस्ताव गरेको छ । आजै शिव र निर्माण पक्षबीच सम्झौता हुने सेनले बताएका छन् । साथै शिव श्रेष्ठसँगै कलाकार सुनिल थापा पनि ‘प्रेम गीत ३’ मा आज नै अनुबन्धित हुँदैछन् ।

यतिबेलासम्म चलचित्रको लागि प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन पक्का भइसकेका छन् । नायिकाका लागि छनौटमा परेका २५ बाट उत्कृष्ट एक छान्ने काम भइरहेको छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दैछन् भने सन्तोष सेन र विजय चाम्लिङ्ग मिलेर निर्माण गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्