बराहक्षेत्र मेयर कपमा एभरेष्ट रातो सेमिफाईनलमा प्रवेश

प्रकाश दिप्साली राई

नडाहा, ३ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकाको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फूटबलको क्वाटर फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक निलो सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार भएको अन्तिम क्वाटर फाईनलमा गाईघाट फुटबल क्लब उदयपुर र एभरेस्ट फुटबल क्लब बिचमा भएको खेलमा चौथो र पाचौं मिनेटमा एभेरेष्टका क्याप्टेन निसान लिम्बुको क्रसमा लगातार जर्सी नम्बर ९ का खबिर गिल्सोन कन्दङ्वा २ गोल गर्दै आफ्नो टिमलाई २–० को अग्रता दिलाए । पहिलो हापको समय सकिनै लाग्दा जर्सी नम्बर ४ का हेमन्त थापा मगरले अर्को गोल थप्दै आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याए । दोश्रो हापमा कतै बाट गोल हुन नसकेपछि खेल ० –३ ले जित्दै आयोजक रातो सेमिफाईनलको टिकट काट्न सफल भयो । उसले बुधवार हुने पहिलो

सेमिफाइनल खेलमा ए।पी।एफ। पूर्वाञ्चलसँग खेल्नेछ । खेलको म्यान अफ द म्याच आयोजक रातोका जर्सी नम्बर ४ का हेमन्त थापा मगर भए । उनले स्काई ईङलिस स्कुलले प्रायोजन गरेको नगद रू।२ हजार पच्चिस सय बराहाक्षेत्र नगरपालिकाका खेलकुद समितिका संयोजक आशाराम चौधरीमार्फत प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलोे सेमिफाइनल खेल आयोजक निलो र बराहा ११ चतराबिच हुनेछ । प्रतियोगिताका बिजेताले १ लाख २५ हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ७५ हजार तथा ट्रफि प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्