लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माईतीघर मण्डलामा आन्दोलन

सीता तुम्खेवा
काठमाण्डौ, ३ असार ।
लोकसेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न दबाब दिँदै पहिचानवादीहरूले आज पनि माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।

आन्दोलनलाई सम्बोधन गर्दै माननीय रामप्रित पाश्वानले हिजो मधेसी र पहाडी भनेर जुधाउने काम गरका थिए तर अहिले एकजुट भएर बोल्न थालेका बताए । र, आफूहरू सडकमा झरेको खण्डमा जे पनि हुन सक्ने बताए । त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले २०६३ सालको जनआन्दोलन पछि अब फेरि आन्दोलित हुनुपर्दैन भन्ने लागेको तर बाध्य बनाएको बताए । ‘हामीबाट खोसेको अधिकार फिर्ता गरियोस् नत्र आन्दोलको बाढि बग्नेछ र बगेपछि नियन्त्रण हुने छैन ।’

आन्दोलनलाई सम्बोधन गर्ने क्रममा सभासद कैशर साहले यो देशमा धेरैपटक संबिधान बनेका तर हाम्रो संबिधान बन्न नसकेको बताइन् । संबिधान समाबेसीको पक्षमा छैन । न्यायपालिका राजनीतिहरूको पेवा हैन । हाम्रो माग सम्बोधन होस् नत्र रगतको खोला बग्नेछ, शाहले चेतावनी दिइन् ।

कार्यक्रममा विश्लेषक सिके लालले भने– संविधान त हाम्रो थिएन नै अब देशै हाम्रो नरहने अवस्था आउन लागि सक्यो । मण्डलामा लिम्बूवान, मगरात, स्प्रीङ, शेर्पा संघ लगायतसम्पूर्ण पहिचानवादीहरू र अशक्तहरूको सहभागिता रहेको उक्त आन्दोलन विहान ९ः३० बजे सुरु भई दिनको १ वजे समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्