विदेशी टि-२० लिगमा सोमपाल पहिलो पटक छनौट


काठकमाण्डौ असार ६ / एसोसिएट क्रिकेट देश क्यानडाको ग्लोबल टि(२० लिगमा नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेसँगै नेपालका तीव्र गतिका बलर सोमपाल कामी पनि छनौट भएका छन्।

लिगमा लामिछानेको लगातार दोश्रो पटक आबद्ध भएका थिए भने सोमपालको पहिलो पटक छनौट भएका हुन्।
गत वर्ष मोन्टरियल टाइगर्सका लागि खेलेका सन्दीपलाई यसपटक टोरोन्टो नेसन्सले किनेको छ।

ग्लोबल टि(२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ। बिहिबार प्रतियोगिताको ड्राफ्ट गरिएको थियो।

सन्दिप ६० हजार डलरमा बिकेका हुन्। युवराज सिंह सन्दिपको टोलीका मार्की खेलाडी छन्। उनको यस टिममा काइरन पोलार्ड, ब्रेण्डन म्याकलम जस्ता विश्व चर्चित खेलाडी छन्। गत वर्ष उनी ४० हजार डलरमा आवद्ध भएका थिए।

यसैगरी पहिलो पटक कुनै विदेशी लिगमा छनौट भएका सोमपाल भने ३ हजार डलरमा बिकेका हुन्। सोमपाललाई विनिपेग हक्सले आबद्ध गरेको हो।

सन् २०१४ नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका सोमपाल त्यसयता लगातार लागि खेल्दै आएका छन्। उनको नाममा टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ नम्बरमा आएर सर्वाधिक रन ४० बनाउने विश्वरेकर्ड पनि रहेको छ।


प्रतिक्रिया दिनुहोस्