सुरुङभित्र थुनिएका ६ जना चिनियाँ सहित १७ जना सबै कामदारको सकुशल उद्धार

काठमाडौं, ६ असार / निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका ६ जना चिनियाँ सहित १७ जना सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७ जना मजदुरलाई सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) जीवन केसीले जनकारी दिएका छन् ।

विहिबार साँझ गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका थिए । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका हुन् ।

बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको केसीले बताए । उद्धारमा लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए ।

हिजो साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले आजका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्