धादिङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


काठमाण्डौ असार ६ / धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते रहेको धादिङ प्रहरीले जनाएको छ।

गल्छी गाउँपालिका–६ कै कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा १८ ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा चार जनाएको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो।

उनका अनुसार मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय राजु रम्तेल,र सोही ठाउँका ४० वर्षीय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङ रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जीप सडकबाट १५ मिटर तल खसेको थियो।

घाइतेहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्