ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसोको आतंक


ताप्लेजुङ असार ६ / ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसो (वन कुकुर) ले आतङ्क मच्चाएको छ । हिजोआज ब्वाँसोले भेडीगोठमा रहेका भेडाहरुमाथि आक्रमण गर्ने, मार्नेजस्ता आतङ्क मच्चाउँदै आएको हो ।


भेडापालक व्यवसायीका अनुसार एकैदिन दर्जनौ भेडा ब्वाँसोले मारिदिने गरेको छ । फुङ्लिङ नगरपालिका–११ फावाखोलाका भेडापालक व्यवसायी कमल बिष्टका अनुसार अहिले उभौली सिजन भएकाले भेडी गोठहरु हिमाली क्षेत्रतिर रहेका छन् । तीन हजारदेखि साढे चारहजार मिटर सम्मको उचाइ रहेको चरन क्षेत्रमा गोठहरु रहेका कारण ब्वाँसोले आतङ्क मच्चाउन थालेको बिष्टले बताउनुभयो ।


उहाँका अनुसार बुधबार मात्रै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेलेले क्षेत्रमा रहेको भेडीगोठका १८ वटा भेडा ब्वाँसोले मारिदिएको छ । पाँच÷सात वटाको हुलमा आएको ब्वाँसोले भेडाका माउहरु मारिदिएको उहाँले बताए ।

गोठमा रहेका भेडाहरु ब्वाँसोले लाखौंको क्षति हुन पुगेको व्यवसायी बिष्टको भनाइ छ । भेडी गोठहरु हिमाली क्षेत्रमा पु¥याएका बखत बेलाबेलामा ब्वासोले आतङ्क मच्चाउँदा व्यवसायीले घाटा बेहोर्दै आउनुपरेको छ ।


प्रतिक्रिया दिनुहोस्