पत्रकार महासंघले बुझायो प्रधानमन्त्री ओलीलाई देशभरका पत्रकारको हस्ताक्षर

काठमाडौं– नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरेको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई महासंघद्धारा संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो ।

प्रधानमन्त्री आलीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सो विधेयक फिर्ताका लागि दवाव स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाएको महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझार्इएको हो ।
विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जनकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्